सात दिने आधारभुत उद्घोषण तालिम सम्पन्न

राम सोनाम/

बाँके,माघ,१२-

भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालगन्जले सञ्चालन गरेको सात दिने आधारभुत उद्घोषण तालिम आज सम्पन्न भएको छ ।
युवाहरुमा बोल्ने क्षमताको बिकास गरी सफल उद्घोषक उत्पादन गर्ने उद्धेश्यले सो तालिम आयोजना गरिएको थियो ।

कार्यक्रमको समापन कार्यक्रममा प्रतिक्रिया मन्तब्य राख्दै सहभागि चिरञ्जीवी शर्माले तालिमबाट उद्घोषणको बारेमा जानकारी भएको बताए । उनले आगामि दिनमा समेत युवाहरुका लागि यस्ता तालिमहरु गर्न बासलाई अनुरोध गरे ।

यस्तै तालिमका अर्का सहभागि अजिता आचार्यले तालिमबाट बोल्ने कलाको बिकास भएको बताईन् । उनले तालिमबाट सिकेको शिपलाई ब्वहारमा उतार्ने प्रतिबद्धता गरिन् ।

माघ ६ गते देखि सञ्चालन भएको तालिममा उद्घोषणका विभिन्न बिषयमा प्रशिक्षक नमस्कार शाह, मन भण्डारी, हेमराज भट्ट, ओबिराज आचार्य, प्रिया स्मृती ढकाल लगायतले प्रशिक्षण गरेका थिए ।

बासका अध्यक्ष मन भण्डारीको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन तालिमकी सहभागि तारा शाहीले गरेकी थिईन् तालिममा २५ जना युवाहरुको सहभागिता रहेको थियो ।