
टोकियो,साउन,१२-गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA) जापानको यूवा संयोजकको पदमा दिपक बुर्जा मगर विजय हुनु भएको छ।
जुलाई २७ तारिख आईतबारका दिन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA) जापानको १२ औं राष्ट्रिय महाधिवेशनले भर्चुअल मार्फत गराएको भोटिङ मार्फत दिपक बुर्जा मगर विजयी हुनु भएको हो।
एनआरएनए जापानको यूवा संयोजक पदमा ३ जनाले उम्मेदवारी दिएका थिए,जसमा दिपक बुर्जा मगरले ४७३३ मत प्राप्त गर्नु भएको थियो,भने प्रतिद्धन्दी समिर खड्काले ४०६१ प्राप्त गर्नुभयो, उहाँलाई ६७२ मतान्तरले पछि पार्दै दिपक बुर्जा मगर विजय हुनु भएको थियो।यस्तै अर्का प्रतिद्धन्दी रन्जित महर्जनले ३५५१ मत प्राप्त गर्नुभएको थियो।
जापानमा रहेको कुल मतदाता संख्या १८ हजार ३ सय १४ रहेकोमा १२ हजार ३ सय ४५ जनाले मात्र भोट गरेका थिए।यो कुल मतदाताको संख्याको आधारमा हेर्ने हो भने ६७ दशमलव ४१ प्रतिशत खसेको निर्वाचन समितिले जनाएको छ।
उहाँले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी (२०२५-२०२७) दुई वर्षे कार्यकालको लागि युवा संयोजक पदमा आफ्नो उम्मेदवारी दिनु भएको थियो।
विजयी पश्चात उहाँले बिहानी अनलाईनलाई जानकारी दिदै भन्नुभयो”“म” युवा संयोजक पदमा जित हासिल गरेपछि एकदमै उत्साहित भएको छु।यो जितको श्रय सम्पुर्ण मतदातालाई जाने बताउनुभयो।
उहाँले “भन्नुभयो” मलाई विश्वास गरेर जिताउनु हुने सम्पुर्ण चिर परिचित र आफन्तजन साथीभाई सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।आगामी दिनमा आफ्नो कर्तव्यलाई नभुली अझ कर्म निष्ठावान भएर काममा लाग्ने बताउनुभयो।
जुन किसिमले मैले चुनावी माहोलमा होमिदा “भ्रम होईन तथ्यलाई आत्मसाथ गर्ने सकरात्मक सोच समाज रुपान्तणका लागि युवाको खोज” भन्ने मुख्य उद्देश्यका साथ आफ्नो एजेण्डा लिएर अगाडी बढेको थिए। त्यो एजेण्डलाई साकार पार्नको लागि आफू युवाको अग्रपङंत्तीमा रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
साथै उहाँले आफूसंगै एनआरएनए जापानको आगामी कार्यकालका लागि निर्वाचित हुने सबैलाई शुभकामना दिदै अब एउटा बलियो टिम बनाएर काम गर्नुको विकल्प नरहेको बताउनुभयो।
एनआरएनए जापानको नव निर्वाचीत युवा संयोजक दिपक बुर्जा मगर को हुन् ?
नेपाल घर सोलुखुम्बु भए पनि स्थाई रुपमा काठमाण्डौं बस्दै आउनु भएका दिपक बुर्जा मगर सन् २००८ सालमा जापान आउनु भएको थियो।
उहाँले प्रवासमा रहेर पनि उहाँले लामो समय देखी जापानमा विभिन्न सामाजीक सेवामा सक्रिय रहदैँ थुप्रै कामहरु गर्दै आउनु भएको छ।
साथै उहाँले लामो समय देखी सामाजीक संघ संस्था कार्य गर्ने दौरानमा नेपाल मगर संघ जापानको अध्यक्ष समेत बनी सक्नु भएको छ।अध्यक्ष रहदाँ उहाँले जापानमा रहेका नेपालीलाई आफ्नो भाषा, भेषभुषा, कला संस्कृतीलाई जोगाईराख्न थुप्रै सांगितीक कार्यक्रमहरुको आयोजना गर्दै नेपाली संस्कृती जापानीजमाझ चिनाउन पनि उत्तीकै सक्रिए भएर लागि पर्नु भएको छ।
उहाँ अहिले पनि नेपाल मगरसंघ जापानको सल्लाहकारको रुपमा रहेर अझै सक्रिय भएर काम गरि राख्नु भएको छ।खेलकुदमा पनि उत्तीकै रुची राख्ने दिपक बुर्जा मगरले जापानमा भलिवल टुर्नामेण्ट पनि गराई सक्नु भएको छ।
उहाँले आगामी दिनमा प्रवासमा रहेका नेपाली युवा पंङ्त्तीलाई गैर आवासिय नेपाली संघ संग सिधा सम्पर्क गर्ने र युवाहरुको आधारभुत क्रियाकलापमा आवश्यक कार्यक्रमहरुको योजना गरेर युवालाई प्रवासमा सक्रिय राख्ने बताउदै आउनु भएको छ।
उहाँले पछिल्लो समय जापानमा रहेका नेपाली युवाहरु खेलकुदप्रती निकै सक्रिय रहेको हुँदा फुटबल, भलिवल र क्रिकेट जस्ता खेल क्षेत्रमा युवाको लागि नियमित जसो कार्यक्रमहरु गरिरहने जानकारी दिनुभयो।
तसर्थ : गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको यूवा संयोजक पदमा विजयी हुनु भएकोमा बिहानी अनलाईन परिवारको तर्फबाट उहाँ लगायत सम्पुर्ण टिमलाई आगामी कार्यकालको लागि धेरै धेरै शुभकामना व्यक्त गर्दछौ।
उहाँले भने जस्तै अब “भ्रम होईन तथ्यलाई आत्मसाथ गर्ने सकरात्मक सोच समाज रुपान्तणका लागि युवाको खोज” भन्ने मुख्य उद्देश्यका साथ आफ्नो जुन एजेण्डा लिएर विजयी हुनु भएको छ।त्यो सबै योजनाहरु पुरा हुदैं जाओस् हामी यहि शुभेच्छा व्यक्त गर्दछौं।





