स्वतन्त्र पत्रकार संघ बाँके शाखाको पहिलो बैठक सम्पन्न

बाँके,पुस ३ –स्वतन्त्र पत्रकार संघ बाँके शाखाको पहिलो बैठक आज सम्पन्न भएको छ । स्वतन्त्र पत्रकार संघ बाँके शाखाका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा बैठक बसेको थियो । संघको शाखा बाँकेमा स्थापित भएपछि आज पहिलो बैठक बसेको हो । आज बसेको पहिलो बैठकले संघमा आवद्ध सदस्यहरुलाई कार्ड र ज्याकेट एक हप्ता भित्रमा वितरण गर्ने निणर्य गरेको छ ।

त्यसैगरि बैठकले नेपाल पत्रकार महासंघ बाँके शाखामा देखिएको विवादको समिक्षा गर्दै,स्वतन्त्र रुपमा क्रियाशिल पत्रकारलाई महासंघको कार्ड दिनबाट बञ्चित गराउनु दुखद भएकोे ठहर गर्दै नेपाल पत्रकार महासंघमा सदस्यताका लागि आवेदन दिएका रञ्जीता ढकाल थापा र दिपेन्द्र सारु मगरको सदस्यताका लागि महासंघका शाखामा आवद्ध स्तरीय पदाधीकारी संग छलफल गर्ने निणय बैठकले गरेको छ ।यस्तै स्वतन्त्र पत्रकार संघ बाँके शाखाको आयोजनामा आधारभुत पत्रकार तालीम दिने भएको छ ।

fedaom pressतालीमका लागि शुल्क ५०० निर्धारण पनि बैठकले तय गरेको छ । सो पत्रकारीताको तालीममा ईच्छुक जो कोहि व्यक्तीले तालीम लिन पाउने पनि संघले जनाएको छ । यसैविच बैठकमा बोल्दै स्वतन्त्र पत्रकार संघ बाँके शाखाका अध्यक्ष नमस्कार शाहले स्वतन्त्र पत्रकारले कुनै पनि राजनीतीक पार्टी मा नलागि स्वतन्त्र रुपमा पत्रकारीता गर्न बैठकमा उपस्थिीत सबैलाई आग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो पत्रकार भनेको त्यस्तो विषय हो जहाँ राजनीतीक हुनुहुदैन भन्दै सूचना पाउने अधिकार सबैको स्वतन्त्र तरीकाले हुनुपर्ने बताउनुभयो ।

आज बसेको बैठकमा स्वतन्त्र पत्रकार संघ बाँके शाखाका अध्यक्ष नमस्कार शाह,उपाध्यक्ष आलम खान,सचिव हेमराज भट्ट,कोषध्यक्ष रञ्जीता ढकाल थापा,सदस्यहरु रमेश सिटौला,दिपेन्द्र सारु मगर,अस्मीता बुढा, छविलाल सुनार, किरण गिरी, त्यसैगरी आमन्त्रीत सदस्यहरुमा मन भण्डारी,पुर्ण ढकाल,कल्पना अधिकारी ,गोविन्द, पासवान भक्त बहादुर शाही,शम्भु शाही,राम सोनाम,कुमार चौधरी लगायतको उपस्थिती रहेको थियो ।

स्वतन्त्र पत्रकार संघ बाँके शाखा