जसपाको संसदीय दलको बैठक बस्दै

फाईल तस्विर !!

काठमाडौं,जेठ,७-वैकल्पिक सरकारको चाबी हातमा लिएको जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको बैठक बोलाएको छ।

राष्ट्रपति विध्या भण्डारीले संविधानको धारा ७६ (५) अनुसार संसदमा बहुमत जुटाउन सक्ने सांसद प्रधानमन्त्री बन्न सक्ने गरी नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेपछि जसपाले दलको बैठक बोलाएको हो।

१० बजेलाई संसदीय दलको बैठक बोलाइएको र त्यहीँबाट पार्टीले वर्तमान परिस्थितिबारे निर्णय लिने नेता लक्षमणलाल कर्णले  जानकारुी दिनुभयो।

यस अघि जसपाले आफ्नै नेतृत्वमा सरकार बन्ने भए त्यसका लागि प्रयास गर्ने निर्णय गरेको थियो।संसद्को अंकगणित हेर्दा कांग्रेस र माओवादी केन्द्रले मात्र वैकल्पिक सरकार बनाउन सक्ने अवस्था छैन। सिंगो जसपाले गठबन्धनलाई साथ दियो भने मात्रै वैकल्पिक सरकार बन्ने अवस्था छ।