फिल्म विहीन आर्यन

मनिष अन्जान,
काठमाण्डौ,बैशाख,१७
छविराज प्रोडक्सनको ब्यानरमा बनेको सुपरहिट फिल्म ुकिस्मतु बाट भित्रिएका नायक आर्यन सिग्देल एक समयका सर्वाधिक महंगा हिरो हुन् ।aryan-sigdel-624x331 आफ्नो मार्केट गज्जबकै चलेको बेला आर्यनले एक फिल्मका लागि ६ लाख पारिश्रमिक लिएको खबरले सिनेवृत खुबै तातेको थियो । तर, लगातार एकपछि अर्को फिल्महरु बक्सअफिसमा नराम्रोसँगपछारिन थालेपछि आर्यनको मार्केट पनिखस्कदै गयो र गुम्दै गयो क्रेज पनि ।

images (3)

बर्ष २०७२ मा रिलिज भएको फिल्म क्लासिक पछि उनले उद्घोष गरे कि अब आफ्नो होम प्रोडक्सन बाहेक अन्य बाहिरी ब्यानरका फिल्ममा उनी काम गर्ने छैनन् । उनले आफ्नो वचन पूरा पनि गरेका छन् । क्लासिक पछि उनले आफ्नो होम प्रोडक्सन भन्दा बाहिरको ब्यानरमा काम गरेका छैनन् ।download

क्लासिक पछि उनी बर्ष २०७३, जेठ ७ गते रिलिज भएको गोपीकृष्ण मुभिजको फिल्म होमवर्क मा देखिए तर फिल्मले बक्सअफिसमा कमाल नगर्दा उनलाई दर्शकहरुले नोटिस गर्न पाएनन् ।

बर्ष २०७२ मा रिलिज भएको ुक्लासिकु बाट उनले गएको बर्ष उत्कृष्ट नायकको तीन अवार्ड आफ्नो पोल्टामा पारे । यसले पनि उनलाई अब आगामी फिल्ममा राम्रै दुख गर्न चुनौती दिएको छ । त्यसैले त उनी अहिले बाहिरी ब्यानरका फिल्महरु नकार्दै आइरहेका छन् । images (1)

केही बर्ष अगाडीसम्म हप्तै पिच्छे भित्तामा आर्यन अभिनित फिल्मका पोष्टर टाँसिन्थे तर बर्ष वित्यो आर्यनको टाउको अटेको पोष्टर समेत भित्तामा टाँसिएका छैनन् । कथावस्तु र भूमिका दमदार भन्दा पनि पारिश्रमिक राम्रै भेटे फिल्म नछुटाउने आर्यन अहिले आफ्नो कमजोर बन्दै स्टारडम जोगाउनका लागि एक बर्षदेखी कुनै पनि फिल्ममा नदेखिएको स्रोत बताउँछ ।

images (2)आफ्नो होम प्रोडक्सनभन्दा बाहेकका फिल्म नखेल्ने उद्घोष गरेसँगै उनले निर्देशक दिनेश राउतको निर्देशनमा एक फिल्म निर्माण गर्ने बताएका थिए images (4)तर अहिलेसम्म उक्त अनटाइटल फिल्मको काम अगाडी बढ्न सकेको छैन् । बरु उनी विदेशमा हुने विभिन्न सांस्कृति कार्यक्रमहरुमा ठुम्का लगाउनमै व्यस्त छन् ।images (7)

प्राप्त जानकारी अनुसार, आर्यनले यस बर्ष आफ्नो होम प्रोडक्सनमा बन्ने नयाँ फिल्मको घोषणा गर्दैछन् भने सकभर यसै बर्ष रिलिज गर्ने तयारीमा समेत उनी देखिएका छन् । images (5)आफ्नो होम प्रोडक्सन भन्दा बाहिरी ब्यानरमा बन्ने फिल्म नखेल्ने घोषणा गर्नु अगाडी नै उनले एक बाहिरी ब्यानरको फिल्म मरिना  साइन गरिसकेका छन् । सञ्चारकर्मी श्याम अर्यालको निर्माणमा बन्न लागेको ुमरिनाु मा आर्यनको लिड रोल छ तर निर्माण घोषणा गरिएको बर्ष दिन वित्दा पनि यो फिल्म फ्लोरमा जान सकेको छैन् । images (6)

नायिका नम्रता श्रेष्ठसँग पर्फेक्ट जोडी देखिने आर्यनलाई एक बर्षदेखी फिल्ममा देखिँदा दर्शकहरु निराश हुनु स्वभाविकै हो तर अहिले दर्शकहरु उनको नयाँ फिल्मको रिलिज कुरेर बसेका छन् । चकलेटी अनुहारका धनी आर्यनको नयाँ फिल्म कहिले आउँछ भन्ने प्रश्न पालेर बसेका दर्शकहरुलाई अब यसको उत्तर त आर्यन बाहेक अरु कसले नै पो दिन सक्छ होला र
images