एकैदिन थपिए ४ हजार १०७ संक्रमित, ३५ जनाको मृत्यु

काठमाडौं,साउन,२०-पछिल्लो २४ घण्टामा देशभर ४ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३५४ पिसिआर परीक्षण गर्दा २ हजार ९७५ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९४४ मा परीक्षण गर्दा ११३२ मा संक्रमण देखिएको छ ।

कुल १६ हजार २९८ जनाको परीक्षण गर्दा ४ हजार १०७ जना संक्रमित थपिएका हुन् ।

थप ३५ जना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना कोरोनाबाट मुक्त भएका छन् ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २७९ जना कोरोना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जना संक्रमित थपिएका हुन् ।