सरकारको सुपथ मूल्यका पसलमा ५० प्रतिशतले कारोबार बढ्यो

काठमाडौं, असोज १५-

सरकारले संचालन गरेको सुपथ मूल्यका पसलमा कारोबार बढेको छ ।अघिल्ला वर्षको तुलनामा सुपथ मूल्यका पसलमा ५० प्रतिशतसम्मले कारोबार बढेको संस्थानहरुले जनाएका छन् ।

साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङले दशैं, तिहार, छठ पर्वलाई लक्षित गरी उपत्यकासहित मोफसलमा समेत सुपथ मूल्यका पसल एवं घुम्ती पसल संचालन गर्दै आएका छन् ।

नेशनल ट्रेडिङमा यस वर्ष गत वर्षको तुलनामा ५० प्रतिशतसम्म कारोबार बढेको कर्मचारी बताउँछन् ।

यता, उपभोक्ताले सुपथ मूल्यका पसलमा गुणस्तरियताको विश्वासमा सामाग्री खरिद गरेको बताउँछन् । यस्ता पसल बाहै्र महिना संचालन गर्नुपर्ने उपभोक्ताको आग्रह छ ।