प्रेस चौतारी र नेपाल प्रेस सेन्टरले संयुक्तरूपमा मनाए होलि

नेपालगन्ज,चैत्र,०७-
बाँकेको नेपालगन्जमा प्रेस चौतारी र नेपाल प्रेस सेन्टरले अाज संयुक्तरूपमा होलि पर्व मनाएर शुभकामना अादान प्रदान गरेका छन् ।

बिहीवार नेपाल कम्युनिस्ट पार्टीको पार्टी कार्यालय परिसरमा प्रदेश नं ५ का सभाषद अाई- पि- खरेलको प्रमुख अातिथ्यमा होलि मिलन कार्यक्रम गरिएको थियोे ।

जसमा नेकपा बाँकेका नेता अक्कल बहादुर बम, पत्रकार महासंघका प्रदेश नं ५ का सचिव भेषराज बस्नेत, नेपालगन्ज उपमहानगरपालिका नेकपाका सचिव दत्तप्रसाद अाचार्य, नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेका पूर्व अध्यक्ष कृण्णमान श्रेष्ठ , समाजसेवी टंक धमला, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष रुद्र सुवेदी , पत्रकार महासंघका प्रदेश सदस्य शिव सुनार , महिला नेतृ करिश्मा योगी, नेकपा नेता प्रमोद धिताल लगायतका अतिथिहरु तथा नेकपा पार्टी का नेता, कार्यकर्ता तथा दुबै पत्रकार संगठनमा अावद्द पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रमको अध्यक्षता प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त चौधरीले गरेका थिए भने शुभकामना मन्तव्य नेकपा प्रदेश न ५ का सभाषद अाई- पी- खरेल, प्रदेश नं ५ का नेपाल पत्रकार महासंघका सचिव भेषराज बस्नेत प्रेस सेन्टर बाँकेका सचिव संगिन शर्माले राखेका थिए ।

उक्त कार्यक्रम सञ्चालन प्रेस चौतारी बाँकेका सचिव कमल डाँगीले गरेका थिए । उपस्थित सबैले एकअापसमा अबिर लगाएर होलिको शुभकामना अादान प्रदान गरेका थिए ।