मौरीपालक कृषकहरुको सख्ङ्यामा वृद्वि गर्ने : उपप्रमुख भुजेल

सिर्जना बर्देवा/
ओखलढुंगा,जेठ,१९-
खोटाङमा तिन दिने मौरी पालन तालिमसम्पन्न भएको छ । ऐसेलुखर्क गाउँपालिकाको आर्थिक सहयोग तथा आयोजनामा ऐसेलुखर्क गाउँपालिका एक राखाबाङदेलमा मौरी पालन तालिम सम्पन्न भएको हो । मौरी पालन गर्न चाहाने व्यवसायीहरूका लागी मौरी पालन व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले कृषकलाई प्रशिक्षण दिएको हो ।

१७ जना कृषकको सहभागिता रहेको तालिममा दिप्रुङ चुईचुम्मा गाउँपाकिाका व्यबसायी जंग बहादुर मगर,बबिन मगर प्रशिक्षण दिएका थिए ।समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुष्पाकला भुजेलको प्रमुख आतिथ्यता तथा महुरी पालन महिला समुहका अध्यक्ष पदमकुमारी राजभण्डारीको सभापतित्व रहेको थियो ।

साथै कार्यक्रममा कार्यपालिका अध्यक्ष झनकुमार राई, समाजसेबी श्रीबहादुर राई लगायतको उपस्थिती रहेको रोजीना बर्देवाले जानकारी दिनुभएको छ । कार्यक्रममा प्रमुख आतिथी उपप्रमुख भुजेलले मौरी पालन व्यबसायलाई व्यवस्थित र उचित ढङगले व्यवसायीक तरिकाले बजारीकरण गर्दै लैजाने बताउनु भयो ।

उहाँले फेरी फेरी पनि यस्ता तालिम संचालन गर्ने भन्दै तालिममा सिकेको सिप व्यवहारमा लागू गर्न सहभागिहरुलाई आग्रह गर्नुभयो । गाउँपालिकामा मौरीपालक कृषकहरुको सख्ङ्यामा वृद्वि गर्ने उद्वेश्यका साथ तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

तालिममा सहभागीहरुले आफुहरुले तालिमबाट आधुनिक तरिकाले मौरीपालन गर्ने तरिका सिकेको बताएका थिए । उनीहरुले सिकेको सिपलाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।