खजुरा गाउँ पालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

के-पी- घिमिरे/
नेपालगन्ज,जेठ,१९-
बाँके जिल्लाको खजुरा गाउँ पालिका वार्ड नं १ मा अाज अाँखाका रोगीहरुका लागि निशुल्क स्वास्थ्य शिविर गरिएको छ ।खजुरा गाउँ पालिका वार्ड नं १ राधापुरको अायोजनामा र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर गरिएको वडा अध्यक्ष सुमन मल्लले बताउनु भयो ।

शिविर जेष्ठ नागरिकहरुलाई लक्ष्यित गरी अायोजना गरिएको वडा सचिव चिरञ्जीवी पाण्डेले बताउनु भएको थियो । उक्त शिविरमा जम्मा १३२ जना अाँखाका बिरामीहरूको स्वास्थ्य परिक्षण गरिएको डा- बिक्रम थापाले जानकारी दिनु भएको थियो जसमा ८६ जना महिला र ५६ जना पुरुष बिरामीहरूको चेक जाँच गरी अौषधि वितरण गरिएको थियो ।

त्यहाँ अाएका बिरामीहरुमा मोतिया विन्दु , मासु पलाएको, र एलर्जी हुने समस्या धेरै देखिएको शिविरमा संलग्न डा- थापाले बताउनु भयो । जसमध्ये ३० जना बिरामीहरुलाई शल्यक्रिया गर्नु पर्ने भएको हुँदा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा रिफर गरिएको डा- थापाले बताउनु भएको थियो । उक्त शिविरमा नेपालगन्ज मेडिकल कलेजका अधिकृत कुमार अधिकारी , टेक्निसियन जितेन्द्र वर्मा, ईन्टनसिप गरिरहेका डाक्टर ,वडा कार्यालयका पदाधिकारीहरु, स्थानीय बासिन्दाहरुले सहयोग गरेका थिए ।