चलचित्र औँठा छाप दाङका हलमा पनि चल्ने

नरेश खड्का/

दाङ,भदौ,१८-

चलचित्र औँठा छाप दाङका हलहरुमा पनि चल्ने भएको छ । कुमाल जातिहरुको पहिचान तथा संस्कृतीलाई समेटेर तयार पारिएको उक्त चलचित्र दाङमा हलहरुमा पनि सञ्चालन हुने भएको छ । चलचित्र पत्रकार संघ दाङले चलचित्र औठाछाप परिवारसंग आयोजना गरेको साक्षात्कारमा यस्तो बताईएको हो ।

सघँका अध्यक्ष ध्रुबराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्रका निर्देशक आलोक कुमालले चलचित्र कुमाल जातिको संस्कृति, भोषभुषा, चालचलन हराउन थालेको भन्दै त्यसको जगेर्ना गर्न चलचित्र निर्माण गरिएको उनले बताए । देशका बिभिन्न कुमाल बस्तिमा गएर चलचित्र छायाङ्कन गरिएको उनले बताए ।

साथै उनले चलचित्रबाट भएको आम्दानीको केही प्रतिसत कुमाल जातिका बालबालिकाहरुको अध्ययन खर्चका लागि अक्षयकोष स्थापन गरिने बताए ।कार्यक्रममा कुमाल समाज नेपालका महासचिब खिम बहादुर कुमालले कुमालको भेषभुषा, पेशा, भाषा, संस्कृतिसंरक्षण गर्न चलचित्रले महत्वपुर्ण भुमिका निर्बाह गर्ने बताएका थिए ।

त्यस्तै कार्यक्रममा चुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा कुमाल समाज नेपालका सदस्य दिपक कुमालले कुमाल जातिको पेशाको संरक्षणका लागि उपमहानगरपालिकाबाट पहल थाल्ने बताएका थिए ।