बारा-पर्सामा हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो : ४०० भन्दा बढी घाइते

उद्दारमा जुट्न प्रधानमन्त्रीको निर्देशन

बिरगंज,चैत्र,१८-

फोटो साभार : सामाजीक संजालबाट

अपडेट :……✍🏻

बारा जिल्लामा मात्र हावा हुरीका कारण मृत्यु हुनेको संख्या २७  पुगेको छ। आइतबार साँझ आएको हावा हुरीले २७ जनाको मृत्यु भएको  हो ।घटना राती भएको हुँदा ठूलो संख्यामा मानवीय क्षति भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी हेम शाहीले जानकारी दिनुभएको छ ।’जिल्लाभरी सुरक्षाकर्मी परिचालन भएको छ। राति साढे १० बजेसम्म २४ जनाको शव भेटिएको थियो । क्षतिको अवस्था हेर्दा अझैँ ठूलो संख्यामा मानवीय क्षति भएको हुनसक्ने अनुमान गर्न सकिन्छ।

घाइतेहरूलाई वीरगन्ज क्षेत्रीय अस्पताल र जिल्लाका अन्य अस्पतालहरूमा राखिएको र त्यहाँ उपचारका लागि ठाउँको अभाव भएको छ । ठूलो हावाहुरी आएको र घर लगायतका भौतिक संरचनामा क्षति भएकाले त्यहाँ पुरिएको हुनसक्ने आशंका गरिएको छ ।अहिले उद्दार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।

त्यस्तै :पर्सा जिल्लामा पनि हुरीका कारण ४ जनाको मृत्यु भएको छ। हावाहुरीले सडकमा रोकिराखेका करिब २५ वटा बस र ट्रक पल्टाएपछि चैनपुरमा धेरै घाइते भएका हुन्। चैनपुरमा दर्जनौको संख्यामा घर भत्किएका छन्.। उद्धार कार्य जारी रहेको र रातको समयमा विभिन्न जटिलता आइपरेकाले मृतकको संख्या अझै बढ्ने अनुमान प्रहरीको छ।

यसैबिच: प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्वीट गर्दै अहिलेसम्म २५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४०० बढी घाइते भएको पुष्टि भएको जानकारी दिनुभएको छ । साथै उद्दारमा जुट्न र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ ।