चितवन,बैशाख,२२-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली ‘वयलगाडा दर्शन’ का प्रवर्तक रहेको बताउनु भएको छ । चितवनको भरतपुर महानगरमा सत्ता गठबन्धनको सभामा बोल्दै नेपालले केपी ओलीले भ्रम र गफको खेती गर्ने नेता रहेको बताउनु भएको हो।
‘केपी ओलीज्यूको बखान गर्न जरुरी छैन । हजार जीव्रा भएका शेष नागको व्याख्या गर्न सकिदैन । उनी त वयलगाडा दर्शनका प्रवर्तक हुन् । बयलगाडा चढेर वासिङटन जानु र नेपालमा राजतन्त्र फालेर गणतन्त्र ल्याउनु उस्तै उस्तै कुरा हो भनेर निराशा छर्ने व्यक्ति हुन् ओली । गणतन्त्र विरोधी व्यक्ति । आज गणतन्त्र विरोधीसँग साँठगाँठ गर्दैछन् । त्यसकारण केपी ओली बयलगाडाका दार्शनिक हुन् ।’
नेता नेपालले ओलीलाई महागफाडीको संज्ञा दिनुभयो। उहाँले भन्नुभयो”‘उनी महागफाडी हुन् । गफमा केपी ओलीले विद्यावारिधि गरेका छन् । भ्रमको खेती गर्न सक्छन् । मान्छेलाई भुलाउन सक्छन् । होस गर्नुहोला ।’