जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार गर्ने व्यक्ती तेत्सुया यामागामी पक्राउ

शिन्जो आबे जापानमा सर्वाधिक लामो समय सम्म प्रधानमन्त्री बन्नु भएको थियो

शिन्जो आबेटोकियो,जापान,आषाढ,२४-जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ।

आज शुक्रबार बिहान साढे ११ बजे जापानको नारा सहरमा पुन: हुनगईरहेको निर्वाचनका लागि आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भई प्रचारप्रसारका क्रममा भाषण गरिरहेका बेला उहाँमाथी गोली प्रहार भएको थियो।

उहाँलाई गोली प्रहार भए लगत्तै प्राथमिक उपचार गरेर एम्बुलेन्समार्फत नजिकैको खुला स्थानमा लगिएको थियो र त्यहाँबाट प्यारामेडिक हेलिकोप्टरमा राखेर अस्पताल पुर्‍याइएको थियो ।

यसैबिच टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै भनेका छन् अस्पताल पुर्‍याउँदासम्म बोलिरहेका उहाँ अहिले अचेत हुनुहुन्छ । उहाँको अहिले “मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा” अचेत हुनुहुन्छ ।

भाषण गरिरहनु भएका शिन्जो आबेमाथी दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उहाँको ढाडमा लागेको थियो।गोली लागेपछि उहाँ भुइँमा ढल्नु भएको थियो। उहाँको शरीर रक्ताम्मे देखिएको थियो।

समाचार विवरणहरूका अनुसार पूर्वप्रधानमन्त्री आबेलाई गोली हान्ने व्यक्ती ४२ वर्षीय तेत्सुया यामागामी लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यी हुन् जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हान्ने व्यक्ति, किन गरेनन् भाग्ने प्रयास?
फाईल तस्विरमा: देखिएका यी हुन् जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हान्ने व्यक्ति, किन गरेनन् भाग्ने प्रयास?

आक्रमणकारीले गोली हाने पछि भाग्ने प्रयास भने गरेनन्। र सुरक्षाकर्मीले तत्कालै समातेको बताएको छ ।प्रहरीले उक्त आक्रमणकारीले प्रयोग गरेको हतियार बरामद गरि अनुसन्धान थालेको छ।उनले के कति कारणले आक्रमण गरे त्यो अनुसन्धान पछि खुल्ने छ ।

जापानमा धेरै वर्ष पहिले देखि नै हाते बन्दुक प्रतिबन्धित छ।जापानमा यस प्रकारको घटनालाई एकदमै दुर्लभ मानिन्छ।जापानमा सन् २०१४ मा देशभरि केवल ६ वटा साङ्घातिक गोली प्रहारका घटना भएका थिए।अमेरिकामा सो वर्ष ३३,५९९ जनाको गोलीकाण्डमा मृत्यु भएको थियो।

यसैविच:पूर्वप्रधानमन्त्री शिन्जो आबे जापानमा सर्वाधिक लामो समय सम्म प्रधानमन्त्री हुनु भएको थियो।उहाँले सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्ममा दुई पटक प्रधानमन्त्रीको कार्यकाल सम्हाल्नु भएको थियो।

उहाँले सन् २०२० मा कोरोना महामारीका बेला स्वास्थ्य समस्याको कारण देखाउँदै पदत्याग गर्नु भएको थियो।पछि उहाँले आफू पेटको रोगबाट पीडित भएको बताउनु भएको थियो।

उहाँको राजीनामा पश्चात उहाँकै उत्तराधिकारी बनी योशिहिदे सुगा उहाँको उत्तराधिकारी बनी एक वर्षे प्रधानमन्त्री कार्यकाल गर्नु भएको थियो।त्यसपछि अहिले जापानमा फुमिओ किशिदा जापानको प्रधानमन्त्री हुनुहुन्छ ।