एन जि ओ मा जागीर लगाईदिन्छु भन्दै स्थानिय युवाहरुबाट पैसा उठाउदै ठगी गर्ने एक व्यक्ति पक्राउ

पवन मुडभरी/

कैलाली,पुष,१७-
एन जि ओ मा जागीर लगाईदिन्छु भन्दै स्थानिय युवाहरुबाट पैसा उठाउदै ठगी गर्ने एक व्यक्ति कैलालीको लम्की चुहा नगरपालीका ५ थापापुरमा पक्राउ परेका छन।

कैलालीको धनगढि उपमहानगरपालीका वार्ड नं ९ मा बस्ने ४५ वर्षिय मान बहादुर कोलीलाई सादा पोसाकमा खटिएको ईलाका प्रहरी कार्यालय कटासेको टोलीले आज विहान १० बजे पक्राउ गरेको हो ।

पक्राउ परेका कोलीले कादुरी फण्ड नामक संस्थाको आफु कर्मचारी भएको र सो संस्थामा जागीर लगाईदिने भन्दै निवेदन दस्तुर प्रतिव्यक्ति रु ४०० देखी ५०० सम्म लिने गरेको पत्रकार सम्मेलन मार्फत प्रहरीले जानकारी दिएको छ ।

आफुले भारतको राजिस्तानबाट अंग्रेजीमा पि एच डी गरेको भन्दै अंग्रेजी बोलेर स्थानियलाई प्रभावमा पारी २५ जनासंग सो संस्थामा जागीर लगाईदिन्छु भन्दै निवेदन लिएको प्रहरीले बताएको छ ।

साथै पक्राउ परेका कोलीलाई नियनत्रणमा लिई मुलुकी एैन ठगीको महल अन्तर्गत कार्वाहीका लागी मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।