भरतपुरमा गर्व गर्ने गरी काम गरेकी छु : रेनु दाहाल

काठमाडौं,बैशाख,२२-चितवनको भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेनु दाहालले भरतपुरमा ५ वर्षमा गर्व गर्नेगरी आफूले काम गरेको बताउनु भएको छ ।

सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार बन्नु भएकी दाहालले गठबन्धनद्वारा बिहिबार भरतपुरमा आयोजित चुनावी सभामा यस्तो बताउनु भएको हो । उहाँले भरतपुरमा विकासको क्षेत्रमा काम अगाडि बढाएको र त्यसलाई पूर्णता दिनका लागि आफू फेरि गठबन्धनको तर्फबाट चुनावी मैदानमा उत्रिएको बताउनुभयो । दाहालले शिक्षा, स्वास्थ्य, सडक,बिद्युत लगायतका क्षेत्रमा राम्रो काम गरेको दाबी गर्नुभयो ।

उहाँले अघिल्लो कार्यकालमा आफूले जानीजानी गल्ती नगरेको तर अन्जानमा गल्ती भएका छन् भने त्यसलाई नदोहो¥याउने पनि उल्लेख गर्नुभयो।दाहालले आफु पुनः विजयी भए राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुरा गर्ने बताउनु भयो ।