विश्वकप फुटबल : सविक उपविजेता क्रोएसिया भयो तेस्रो

मोरक्को कतार विश्वकपमा चौंथो भएको छ।

काठमाडौं,पौष,३-कतारमा जारी फिफा विश्वकपमा साविक उपविजेता क्रोएसिया तेस्रो भएको छ।शनिबार राति भएको खेलमा मोरक्कोलाई २-१ गोल अन्तरले हराउँदै क्रोएसियाले तेस्रो स्थान हासिल गरेको हो।

यसैविच ऐतिहासिक टिम मोरक्कोले भने कतार विश्वकपमा चौंथो स्थान हासिल गरेको छ।

खेलमा क्रोएसियालाई जित दिलाउन जोस्को गार्भाडिओल र मिस्लाभ ओरिसिचले एक एक गोल गरे।मोरक्कोका लागि अच्राफ दारीले एक गोल फर्काएका थिए।खेलको सातौं मिनेटमा इभान पेरिसिचको पासमा जोस्कोले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको नवौं मिनेटमा मोरोक्कोका दारीले गोल गर्दै मोरक्कोलाई १-१ गोलको बराबरीमा ल्याएकाथिए।

त्यसपछि खेलको ४२ औं मिनेटमा सोरिसिचले लिभाजाको पासमा गोल गर्दै क्रोएसियालाई २-१ को जित दिलाए।सेमिफाइनलमा पराजित भएपछि क्रोएसिया र मोरक्कोबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा भएको हो।

विश्वकपमा तेस्रो हुँदै क्रोएसियाले विश्व फुटबलमा एलिट देशका रुपमा आफूलाई स्थापित सवित गरेको छ।कतार विश्वकपको फाइनल खेल आइतबार हुनेछ।फाइनल खेल साविक विजेता फ्रान्स र अर्जेन्टिनाविच हुनेछ।खेल कतारको दोहा स्थित लुसेल रंगशालामा आइतबार राति पौने ९ बजेदेखि सुरु हुनेछ ।