तीज विशेष तथा विदाई कार्यक्रम सम्पन्न

रोशन घर्ति
घोराही,साउन,३२-
घोराहीमा रहेको भिक्टोरिया ट्युसन सेन्टरको आयोजनामा तिज विशेष तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । ट्युसन सेन्टरका सञ्चालक कपिल केसीको अध्यक्षता एवं शिक्षक दिनेश थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

बिबिस प्रथम वर्षका विद्यार्थीलाई अबिर लगाएर उज्वल भविष्यको कामना सहित बिदाई गरीएको हो ।

कार्यक्रममा सञ्चारकर्मी एवं गायक रामसिंह विश्वकर्माले विभिन्न गितहरु प्रस्तुत गर्नुभएको थियो । गायक उमेश रावतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी एवं लोकगायक प्रकाश पुन मगरगर्नुभएको थियो ।