भारतमा सुतिरहेका मजदुरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु

५ जनाको अवस्था गम्भीर

काठमाडौं,माघ,६-भारतको गुजरातमा ट्रकले किच्दा मृत्यु हुनेको संख्या १५ पुगेको छ।गुजरात प्रहरीका अनुसार गम्भीर घाइतेमध्ये थप २ जनाको मृत्यु भएपछि मृतकको संख्या १५ पुगेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार कोसम्बा भन्ने स्थानमा सडक छेउ फुटपाथमा सुतिरहेका २० मजदुरमाथि गुडिरहेको ट्रक चढेको हो।

truckguj

ती मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका बासिन्दा थिए।ट्रकले किचेर १२ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर ८ घाइतेमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो। अन्य ६ जना गम्भीर घाइतेको उपचार जारी छ।

gujtruck

प्रहरीका अनुसार एउटा ट्याक्टरमा ठोक्किएपछी अनियन्त्रित भएर ट्रक मजदुर सुतिरहेको फुटपाथमा चढेको थियो ।