नयाँ शक्ति पार्टी नेपाल बाँकेको चुनावी अभियान सुरु

डम्मर थापा मगर/

बाँके,कार्तिक,२१-
नयाँ शक्ति पार्टी नेपाल बाँकेले बृद्धबृद्धाहरुसंँग आर्शिवाद लिएर आजदेखि चुनावी अभियान सुरु गरेको छ ।

नेपालगन्ज स्थित रहेको निलसागर बृद्धआश्रममा रहेका ८७ बर्षीय बृद्धा रामचन्द्र खनाल र ७५ बर्षीय जुनकीरी शाहीसंग आर्शिवाद लिएर नयाँ शक्ति पार्टीले चुनावी अभियान सुरु गरेको छ ।

नयाँ शक्ति पार्टीले प्रतिनिधि सभा क्षेत्र नम्वर २ प्रत्यक्ष उम्मदवार बेद प्रसाद आचार्यले बाँके जिल्लालाई भ्रष्टाचार शुन्य जिल्ला बनाउन प्रयत्न गर्ने प्रतिवद्धता गर्नुभएको छ ।