दोस्रो गोल्ड कप फुटवलमा सुदुरपश्चिम ११ विजयी

बाँके,फागुन २६-
नेपालगञ्जमा आजबाट शुरु भएको टुबोर्ग दोस्रो गोल्ड कप फुटवल प्रतियोगितामा सुदुरपश्चिम ११ विजयी भएको छ । उद्घाटन खेलमै सुदुरपश्चिमले दिल्ली युनाईटेड भारतलाई १ एक शुन्य गोलले पराजित गरेको हो । सुदुरपश्चिम ११का विदेशी खेलाडी एरोनले एक गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो ।

होलील्याण्डमा साँस्कृतिक एवं शुभकामना कार्याक्रम सम्पन्नखेलको निर्धारित समयमा दिल्ली युनाईटेड भारतले गोल गर्न नसकेपछि सुदुरपश्चिम ११ विजयी भएको हो । आजको खेलमा म्यान अफ द म्याच दिल्ली युनाईटेड भारतका क्याप्टेन डन लेप्चा हुनुभएको छ ।

भोली हुने प्रतियोगितामा समुह बाट  नेपालगंज ११ र नेपाल पुलिस क्लवले प्रतीस्पर्धा गर्ने आयोेजकले जनाएको छ । प्रतियोतिगामा प्रथम हुने टिमलाई पाँच लाख र दोस्रो हुनेलाई २ लाख ५१ हजार पुरुस्कार राशी राखिएको छ । खेल भोली दिउँसो २ः३० बजे हुने छ ।