लैङ्गिक हिंसा र मानव बेचविखनका सम्बन्धी विद्यार्थीहरुलाई अभिमुखीकरण

मधुपौडेल
बाँके,फागुन २६-
विद्यार्थीले लैङ्गिक हिंसा र मानव बेचविखनका बारेमा थाहा पाउनु पर्ने भएको एक विद्यालय स्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले बताएका छन । माइती नेपाल नेपालगंजको आयोजनामा गरीएको उक्त कार्यक्रममा श्री आदर्श माध्यामिक विद्यालय डि गाउ खजुराका सहभागी विद्यार्थीहरुले सो कुरा बताएका हुन ।

करिव ६० जना विद्यार्थीहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा सहभागी विद्यार्थीलाई १०७ औ अन्तराट्र्यि महिला दिवशको महत्व , लैगकि हिंसा र मानव बेच विखन हुन कारणहरु , दलालले सम्पर्क गर्न सक्ने स्थान ,बेचबिखनका लागि दलालले अपनाउने तौरतरीका र मानव बेच विखन का प्रयोजनका विषयमा माइती युवा संजालका मधु पौडेल र पुष्पा सुनारले अभिमुखीकरण गरेका थिय ।

Madhu Paudel लैङ्गिक हिंसा र मानव बेचविखनका सम्बन्धी विद्यार्थीहरुलाई अभिमुखीकरण१०७ औ अन्तराट्र्यि महिला दिवशको नारा महिला सम्मानको आधार , सीपयुक्त हात र स्वरोजार , बदलिदो परिवेशमा कामकाजी महिला , सन् २०३० सम्ममा बराबरी पाईला भन्ने सन्दर्भमा उक्त कार्यक्रमको आयोजना गरीएको माइती नेपाल नेपालगंजका संयोजक केशव कोइरालाले जनाकारी दिनु भएको थियो ।