संचारकर्मी तथा गायक धनाडि १२ बजे राती प्रेमीकालाई भेट्न जाँदै

सिर्जना बर्देवा,

ओखलढुङगा,असार, ८-

संचारकर्मि तथा लोक दोहोरी गायक राजा राजेन्द्र धनाडिको ठट्यौली लोक दोहोरी गित सार्बजनिक भएको छ । भर्खरै मात्र “१२ बजे राती ” बोलको ठट्यौली गित सार्बजनिक भएको हो । धनाडि र लक्ष्मी देवकोटाको प्रस्तुती रहेको यस म्युजिक भिडियो निक्कै ठट्यौली देख्न सकिन्छ ।

स्वयम धनाडीको शव्द सिर्जना रहेको यस गितको लय सिर्जना भने हरि थापाको रहेको छ । गितमा स्वयम धनाडि र देवकोटाको सुमधुर स्वर रहेको छ । अभिनयमा हास्यकलाकार सुरबिर पण्डित ,सुरज रावल सगै स्वयम गायीका देवकोटाको उत्कृष्ट अभिनय रहेको छ ।

चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन रहेको यस भिडियोको छायांकन बासु बरालले गरेका छन भने सम्पादन मिलन बि.कको रहेको छ । बि. स्टार फिल्मसले दृष्य निर्माण गरेको यस म्युजिक भिडियो तथा अडियोलाई वान वे फिल्मसले बजार व्यवस्थापन गरेकोे छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।