क्वालिटी र अभिनयमा दर्शकको वाह सुपर हिरोलाई

सुपर हिरोको आज घोराहीमा च्यारीटी सो

रोशन घर्ति
दाङ,असोज,२८-
जब म हलमा जाने योजना बनाए । मलाई त्यस्तो महशुस थिएन कि दाङमा बनेको चलचित्र राम्रो होला तर अन्तरवार्ताको क्रममा निर्देशक समेत रहनुभएका सन्देश शाहले भन्नु भएको थियो कि हामीले काठमाण्डौ बराबरको क्वालिटी दिने प्रयास गरेका छौ । अनि हलसम्म पुगियो साथीहरुसँग थिए । जब म हलमा पुगे ८,१० वटा जति मोटरसाईकल हरु थियो ।

निमा चलचित्र हल टिकट काटने ठाँउमा पनि बन्द भैसकेको थियो । अनि पुगे फोन गरेको भर्खर मात्र सुरु भएको हो । म सोचे दर्शक छैनन खासै अनि भित्र छिरे अनि सोधेको बाल्कुनीमा बसौ । ठाँउ छैन होला म त तिन छक्क परे स्पेशलमा बसेर चलचित्र हेर्न लागे भर्खर सुरु हुदै थियो ।

चलचित्रको सुरुवात निकै रमाईलो थियो विदेशबाट आएको एकजना केटाको कमेडीबाट सुरु गरेनि चलचित्रमा डाक्टर अभिनयले त झन हलभरि थामीनसक्नु निस्कियौ हलमा गलल हाँसो अनि यस्तै प्रसंगमा चलचित्रको कथा अगाडी बढदै गया े अनि जब मध्यानतर भयो बत्ति बल्दा दर्शक राम्रो सँग हेरौ भनेको दर्शक त बेन्च बसेर रमाईलो मानीमानी चलचित्र हेरीरहेका थिए ।
नारायण नेपालको चलचित्र सुपर हिरो यहि असोज २८ गते शनिबार निमा चलचित्र मन्दिर घोराहीमा च्यारिटी सो भएको हो । यस चलचित्र सन्देश शाहको निर्देशन र सम्पादन, भिमसेन कल्याल , सुरेस पन्थी को छायाँकन रहेको निर्माता शंकर प्रसाद नेपाल, बिष्णु शाह ,सरन थापा रहेका छन । कार्यकारी निर्माता भने बिनोद खड्का रहेका छन ।

शन्देश शाह ,प्रकाश थापा, बिजय भण्डारी, अर्चना के.सी, सुदन नेपाल, श्याम कुवर रेग्मी, याङ्सु श्रेष्ठ, तेज जंग, सुरज पाण्डे, धिरज घिमीरे,अनुष्का थापा,ललित ओली लगायत का कलाकारहरुको अभिनय रहेको छ । यसको छायांकन दाङ जिल्ला को बिभिन्न ठाउमा भएको छ । शाह फिलम्स को ब्यानरमा यो फिल्म बनेको हो ।
दर्शकको राम्रो साथ पाएको यस चलचित्रले मन पनि सजिलै जितिदियो । युवा प्रतिनिधी चलचित्रले युवाको होईन साना बालबालिका देखी हरेकको मन जितिदियो । दर्शक वाह पाएको यस चलचित्रले राष्टिय चलचित्र बराबर क्वालिटी भएको र राम्रो काम गरेको समेत दर्शकको भनाई रहेको थियो ।

चलचित्र हेर्न चलचित्रका हेर्न चलचित्रका नायक नायीका सहित पत्रकार लगायतका समेतको उपस्थिती रहेको थियो । नया तथा पुराना कलाकार राखेर निर्माण गरीएको यस चलचित्रले दाङको वास्तविक सुन्दरतालाई देखाएको छ ।