निष्ठुरीको यादमा गायक भुवन भट्टराई

फाईल तस्विरमा: गायक भुवन भट्टराई

काठमाडौं,जेठ,२३-पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा उदाउदै गरेको अर्को एउटा नाम हो गायक भुवन भट्टराई ।

उनी नेपाली गित संगितको क्षेत्रमा लामो समय देखि निरन्तर संघर्षको अनुभव बटुल्दै आएका एक गायक हुन,भुवनले हाल सम्म लगभग दर्जन जति गितमा आवाज दिईसकेका छन ।

गायक भट्टराई आफै गित लेख्ने तथा संगित भर्ने कार्यमा पनि अब्बल देखिन्छन । चल्यो हावा चल्यो नामको लोकदोहोरी गित देखि आधुनिक गित सम्म आवाज दिईसकेका भुवन को “निष्ठुरी” गित भर्खरै रिलिज भएको छ ।

( भिडीयो हेर्नको लागि तल दिएको लिंक खोल्नुहोला ।।)

निष्ठुरी बोलको गितमा भुवन भट्टराई को आवाज रहेको छ भने कृष्ण जनाला र देब बोहरा शब्द अनि निकेश राईको संगित रहेको छ । गितलाई बिनोद भण्डारीले छायांकन गरेका हुन भने थापा कमल बिबेक ले सम्पादन साथै कृष्ण जनालाले निर्देशन गरेका छन्।

गितको सम्पुर्ण दृश्य भारतको ब्याङ्लोर भन्ने ठाउमा छायांकन गरिएको छ । साथै नेपाली चर्चित गायिका अस्मिता अधिकार संगको उनको आफ्नै शब्द संगित र स्वरमा रहेको गित पनि प्रतीक्षा मा रहेको  गायक भुवन भट्टराईले जानकारी दिनुभयो ।

साथै आगामी दिनमा उहाँको नेपाली गित संगितको यात्रा सफल रहोस्, यस “निष्ठुरी ”बोलको गितले पनि अन्य गितले जस्तै आम दर्शक,श्रोताको मन जित्न सफल रहोस् भन्दै बिहानी अनलाईन परिवारको तर्फबाट धेरै धेरै शुभकामना व्यक्त गर्दछौ ।।