नेपाल गोजुरियो कराते डोजाङ्ग द्वारा वृहत रक्तदान

१२५ जनाद्धारा रक्तदान

के-पी-घिमिरे/
नेपालगन्ज,असार,३०-
नेपाल रेडक्रस रक्त सञ्चार केन्द्रको सहयोगमा नेपाल गोजुरियो कराते डोजाङ्गको अायोजनामा अाज नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा वृहत रक्तदान गरेको छ ।

अस्पतालमा अौषधि उपचार गर्न अाउने बिरामीहरुको रगतको अभाबमा अकालमा ज्यान गुमाउन नपरोस् भनि कार्यक्रम अायोजना गरेको गोजुरियो कराते संघका अध्यक्ष कुश्माखर बश्यालले बताउनु भयो । उक्त कार्यक्रम खजुरा गाउँ पालिका वडा नं १ का वडा अध्यक्ष सुमन मल्लको प्रमुख अातिथ्यमा गरिएको थियो ।

उक्त कार्यक्रम नेपाल गोजुरियो कराते डोजाङ्ग जिल्ला कार्यसमितिका सचिव नवकिरण शाहले सञ्चालन गरेका थिए । रक्तदान गर्नेमा कार्यसमितिका पदाधिकारीहरु, खेलाडीहरु र सर्वसाधारणहरु रहेका र कार्यक्रमा १२५ जनाले रक्तदान गरेका जिल्ला अध्यक्ष बश्यालले बताउनु भयो ।