विश्वकप फाइनल अर्जेन्टिनाका रेफ्रीले खेलाउने

काठमाडौँ,असार,२९-

क्रोएसिया र फ्रान्सबीचको विश्वकप फाइनल खेल अर्जेन्टिनाका रेफ्रीले खेलाउने भएका छन् । रसिया र साउदी अरबबीचको उद्घाटन खेल खेलाएका अर्जेन्टिनाका रेफ्री नेस्टोर पिटानाले नै फाइनल खेले खेलाउने भएका छन् । 

फिफाले नेस्टोर पिटानालाई फाइनल खेल खेलाउने जिम्मा सुम्पिएको हो । आइतवार राति मस्कोमा हुने फाइनल खेलाउने ४३ वर्षीय उनले विश्वकप उपाधि भिडन्तको खेल खेलाउने पक्का भएको हो । 

यो विश्वकपमा अर्जेन्टिना अन्तिम १६ बाट बाहिरिए पनि अर्जेन्टिनाकै रेफ्रीको काँधमा फाइनल खेलाउने जिम्मा आएको हो । विश्वकपको फाइनल खेलाउन पाउनु रेफ्रीहरुका लागि कुनै अवार्ड भन्दा कम मानिन्न । पिटानाले खेलाएको यो विश्वकपको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरेबियालाई ५-० ले पराजित गरेको थियो ।

उनले यसअघि अन्तिम १६ को भिडन्तमा स्विडेनले मेक्सिकोलाई ३-० ले पराजित गरेको खेल र क्रोएसियाले डेनमार्कलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको खेलमा पनि रेफ्रीको भूमिका निभाएका थिए । त्यसैगरी फ्रान्सले उरुग्वेलाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गर्दा पनि उनै रेफ्रीको भूमिकामा थिए ।