नेपाली कांग्रेसको घोषणापत्र पारित

काठमाडौं,असोज,२८-नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र पारित गरेको छ ।

शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको समितिले तयार पारेको घोषणापत्र संशोधनसहित पारित गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

बैठकमा महामन्त्री शर्माले घोषणापत्रको ड्राफ्ट पढेर सुनाउनुभएको थियो भने घोषणापत्र लेखन संयोजन समितिका डा. स्वर्णिम वाग्ले र डा.गोविन्द पोखरेलले घोषणा पत्रको अन्तरबस्तु बारेमा व्याख्या गरेका थिए ।

त्यसपछि कार्यसम्पादन समितिमा रहेका नेताहरुले थप सुझाव दिएका थिए । बैठकमा आएका सुझावसहित घोषणापत्र सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ ।