१७ जलविद्युत कम्पनीको अनुमति पत्र खारेज

काठमाडौं,माघ,१४-विद्युत विकास विभागले १७ जलविद्युत कम्पनीको सर्वेक्षण अनुमति पत्र खारेज गरेको जनाएको छ ।

सर्वेक्षणको अनुमती पाएका जलविद्युत कम्पनीको अनुमती पत्र नविकरणका लागि विभागले सूचना जारी गरेको थियो । विभागले तोकेको समयमा नविकरण नगर्ने विभिन्न १७ जलविद्युत आयोजनाको अनुमति पत्र रद्ध गरेको जनाएको छ ।

कोरोनाका कारण प्रभावित आयोजनालाई यसको प्रभाव कम हुँदै गएपछि दस्तुरसहित दरखास्त र प्रगती विवरण पेस गर्न विभागले आग्रह गरेको थियो ।

नविकरणका लागि विभागले दिएको समयसिमा भित्र नआउने कम्पनीको अनुमती पत्र खारेज भएको हो । विभागले हालसम्म सम्भाव्यता अध्ययन र वातावरणीय अध्ययन सकेका २ सय ३५ कम्पनीलाई ८ हजार १३ मेगावाट जलविद्युत उत्पादनका लागि जेनेरेशन लाईसेन्स दिएको छ ।

ती कम्पनीलाई फाईनान्सियल क्लोजरका लागि १ वर्षको अवधी थप गरिएको थियो । ३५ सय मेगावाट विद्युत उत्पादनका लागि ४३ कम्पनीले अनुमती लिएका छन् ।