कतार विश्वकपमा कसले कति पुरस्कार राशी घर लगे ?

Image Not Foundकाठमाडौं,पौष,५-कतारमा आयोजित फिफा विश्वकप फुटबलको महाकुम्भ सकिएको छ।आइतवार राति भएको रोमाञ्चक खेलमा साबिक विजेता फ्रान्सलाई हराएर अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि चुमेको हो।

कतारमा आयोजकको हैसियतमा कतार र छनोट भएर आएका ३१ राष्ट्रले विभिन्न ६४ खेल खेलेका थिए।विश्वकपमा विजेताले मात्रै होइन सहभागी हरेक टिमले धेरथोर नगद पुरस्कार पाउँछन् । विश्वविजेता अर्जेन्टिनाले  फिफा विश्वकप ट्रफी पाएको छ।यो ट्रफीको मूल्य २ करोड डलर बराबर छ । 

१८ क्यारेटको सुन जडित उक्त ट्रफीको तौल ६.१ किलोग्राम छ भने उचाई ३६ दशमलव ८ सेन्टिमिटर।विश्वकप विजेताले उपाधिको साथसाथै ४ करोड २० लाख डलर पनि पाएको छ।अघिल्लो विश्वकपको विजेताको तुलनामा यस पटकको विजेताको पुरस्कार राशी ४० लाख डलर बढी छ ।

यस पटक उपविजेतामा समेटिएको साबिक विजेता फ्रान्सले पनि ३ करोड डलर हात पारेको छ।यो विश्वकपमा फिफाले ४४ करोड डलर पुरस्कार राशीको रुपमा छुट्याइएको थियो।यो अघिल्लो संसकरणको भन्दा ४ करोड डलर धेरै हो।पछिल्ला ४० वर्षमा विश्वकपमा पुरस्कार राशी निरन्तर बढेको छ । 

विश्वकपमा पहिलो र दोस्रो हुने टिमले त करोडौं डलर नगद पुरस्कार पाएका छन्।तेस्रो देखि ३२ औं स्थानमा चित्त बुझाउने टिमले पनि नगद पुरस्कार थापेका छन्।सेमिफाइनलबाट बाहिरिने टिम क्रोएसियाले २ करोड ७० लाख डलर र चौथोमा सीमित भएको मोरक्कोले मोरोक्को २ करोड ५० लाख डलर पाएको छ । क्वार्टरफाइनलबाट बाहिरिएको पोर्चुगल, ब्राजिल,  नेदरल्यानड र बेलायतले पनि १ करोड ७० लाख डलर घर लगेका छन् ।

अन्तिम १६ बाट बाहिरिएको स्वीटजरल्याण्ड, स्पेन, पोल्यान्ड, सेनेगल, दक्षिण कोरिया, अष्ट्रेलिया, अमेरिका र जापानले पनि १ करोड ३० लाख / १ करोड ३० लाख डलर हात पारे । समूह चरणबाट बाहिरिने घाना, उरुग्वे लगायत सबै टिमले पनि ९० लाख डलर पाएका छन् । एजेन्सीहरु