सार्वजनिक सेवालाई प्रभावकारी र चुस्त बनाउन कर्मचारीहरुलाई प्रधानमन्त्रीकाे निर्देशन

काठमाण्डाैं,असार, ८-

प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक सेवालाई प्रभावकारी र चुस्त बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

विभिन्न कर्मचारी संगठनहरुसंगको भेटमा प्रधानमन्त्री देउवाले जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न निर्देशन दिनुभएको हो ।

उहाँले बजेट खर्च न्यून भएको भन्दै खर्च बढाउन सरकार वा मन्त्री भन्दा कर्मचारीको भूमीका महत्वपूर्ण हुने बताउनुभयो ।

प्रधानमन्त्रीसंग विभिन्न कर्मचारी सङ्घ(सङ्गठनले आफ्ना माग प्रस्तुत गरेका थिए ।