नेपालमा थप १० जनामा कोरोना संक्रमण, संक्रमीतको संख्या २९१ पुग्यो

काठमाडौं,जेठ,४-नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार बिहान ७:१५बजे विज्ञप्ति जारी गर्दै रौतहटमा १० जना कोरोना संक्रमित देखिएको जानकारी दिएको हो।

मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाबको पीसीआर परीक्षणमा रौतहटका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

थपिएका ती १० संक्रमितमा रौतहट राजापुर नगरपालिका(९ फरहदवाका १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षका पुरुष र रौतहट इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षका पुरुष नै छन्। अहिलेसम्मको विवरणअनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ।

यीसमेत नेपालमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको संख्या २९१ पुगेको छ। जसमध्ये १ जनाको मृत्यु भएको छ भने ३६ जना निको भइसकेका छन्।

b222