बाँकेको पार्वतीपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

बाँके,फागुन १६-
बाँकेको पार्वतीपुरमा कार पल्टिँदा एकजनाको मृत्यु गएको छ भने कारमा सवार दुईजना गम्भीर घाइते भएका छन् । आज मध्याह्न करिब १२.३० बजे कोहलपुरबाट नेपालगन्जतर्फ आइरहेको तीव्रगतिको बा १२ च २०७२ नम्बरको सुजुकीकार सडकमा हिँडिरहेको कुकुरलाई बचाउनेक्रममा पल्टिएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

कार दुर्घटनामा परी सवारीचालक नेपालगन्ज उपमहानगरपालिका–१ का २८ वर्षीय मोहमद सकिल हलवाइको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । कारमा सवार अन्य दुईजनाको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । घाइते दुबैजनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।