रूपन्देहीका जिल्ला न्यायाधिवक्ता निराैला घुससहित पक्राउ

काठमाण्डौ,मंसिर,४-

अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगकाे टाेलीले सरकारी वकिल काेषहरि निराैलालार्इ ८० हजार रूपैयाँ घुससहित पक्राउ गरेकाे छ।

 

अायाेगकाे टाेलीले जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख न्यायाधीवक्ता निराैलालार्इ सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै रकम लिदैंगर्दा रंगेहात पक्राउ गरेकाे हाे। उहाँले ठगी मुद्दा मिलाइदिने भन्दै ८० हजार रूपैयाँ घुस लिएका थिए ।

अायाेग प्रवक्ता सहसचिव रामेश्वर दंगालका अनुसार घुसहित नियन्त्रणमा लिएकाे पुष्टि गर्नुभयो । निराैलालार्इ हिरासतमा राखेर थप अनुसन्धान गरिने  बताउनुभयो ।

अायाेगका अनुसार जिल्ला सरकारी वकिल कार्यालयले चलाएकाे ठगी मुद्दामा प्रतिवादी रहेकी एक महिलालार्इ उन्मुक्ति दिने भन्दै निराैलाले घुस रकम माग गरेका थिए। अायाेगकाे केन्द्रीय कार्यालय टंगालबाट खटिएकाे टाेलीले मंगलबार कार्यालय खुल्नासाथ घुस लिइरहेकाे अवस्थामा निराैलालार्इ पक्राउ गरेकाे हाे।नेपाल खबरबाट साभार