दैलेख बस दुर्घटनामा मृत्यु हुने चारै जनाको सनाखत

काठमाडौं,जेठ,१२-दैलेखको आठबिस नगरपालिका स्थित सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत भएको छ ।

बुधबार राति कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज जाँदै गरेको म १ ख ६६० नम्मबरको बसदुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा दैलेखकै दुल्लु नगरपालिका–९ का ३२ वर्षीय प्रेम सुनार, ३६ वर्षीय काशिराम पाण्डे, कालिकोटको पलाता गाँउपालिका–३ का ३५ वर्षीय ज्ञान बहादुर बम र कालीकोटकै पचालझरना गाँउपालिका–३ कि ६० वर्षीया धनकला शाही रहेकी छिन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी धनकलाको उपचारको क्रममा र बाँकी ३ जनाको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा सवार २० जना घाइते भएका छन् । घाइते भएका २० जना यात्रुलाई उपचारको लागी सुर्खेत स्थित प्रादेशिक अस्पताल पठाइएको छ ।

घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको छ ।बस चालकलाई जिल्ला प्रहरी कार्यालय दैलेखले नियन्त्रणमा लिएको छ ।