उत्तर कोरियाको मिसाइल परीक्षणपछि जापान र अमेरिकाको एकै साथ शक्ति प्रदर्शन

उत्तर कोरियाको मिसाइल परीक्षणपछि एकसाथ उडे जापान र अमेरिकाका लडाकु विमानजापान,जेठ,१२-उक्त कोरियाले बुधबार लगातार तीन ब्यालेस्टिक मिसाइल परीक्षण गरेसँगै अमेरिका र जापानले आफ्नो शक्ति प्रदर्शनको लागि संयुक्तरुपमा एकसाथ लडाकु विमान जापान सागरमा उडाएका छन्।

अमेरिकी सेना र जापानको आत्मरक्षा सैन्य बलले बिहीबार संयुक्तरुपमा लडाकु विमान उडाइएको बताएका हुन्।अमेरिकी सेनाले एक विज्ञप्ति जारी गरेर क्षेत्रीय जोखिम पहिचान तथा त्यसको निवारणको लागि यो संयुक्त अभ्यास गरिएको बताएको छ। 

जपाानको हवाई आत्मरक्षा सैन्य बलले दिएको जानकारीअनुसार चारओटा अमेरिकी एफ–१६ लडाकु विमान र चारओटा जापानी एफ–१५ लडाकु विमान जापान सागरमा उडाइएको हो।

यसअघि बुधबार उत्तर कोरियाले जापानको सागमा तीन ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो।यसले जापान तथा क्षेत्रीय सुरक्षालाई जोखिम उत्पन्न भएको जापानले बताएको थियो। 

उत्तर कोरियाको मिसाइल परीक्षणपछि अमेरिकी सेना र दक्षिण कोरियाली सेनाले पनि संयुक्त लाइभ फायर परीक्षण गरेका थिए।जसमा जमिनदेखि जमिनसम्मका मिसाइललगायतका परीक्षण सामेल थिए। एजेन्सी