इलाका प्रशासन कार्यालय तुलसीपुले निर्माण गर्ने भवन निगरानी गर्न समिती गठन

रोशन घर्ती/

दाङ,मंसिर,४-

इलाका प्रशासन कार्यालय तुलसीपुर दाङले निर्माण गर्नथालेको कार्यालय भवन तोकेको समयमा गुणस्तरिय, पारदर्शीत , मजबुत , बनाउन नागरिक स्तरीय रेखदेख तथा निगरानी समिती आज गठन गरीएको छ । 

इलाका प्रशासन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख उपसचिव धनबहादुर केसीको अध्यक्षतामा सो समिति गठन गरिएको हो। समितीको संयोजकमा वृद्द सेवा समिती तथा जेष्ठ नागरीक समाज तुलसीपुरका संयोजक खुमान्नद अधिकारी रहनु भएको छ । 

त्यसैगरी समितीका सदस्यहरुमा नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी, तुलसीपुर उद्योग वाणिज्य सङका अध्यक्ष विरबहादुर रावत, संघका निर्वतमान अध्यक्ष एवमा समाजसेवी विमल रिजाल, राष्ट्रिय समाचार समितीका कार्यालय दाङका प्रमुख नारायणी रजौरे, तुलसीपुर नगरविकास समितिका अध्यक्ष यज्ञ बहादुर केसी,

पुर्व प्रहरी संगठन तुलसीपुरका अध्यक्ष खुशल आले, रिपोर्टश क्लव दाङका अध्यक्ष शरद रेग्मी, सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरका उपाध्यक्ष बसन्त कुमार खड्की , ईलाका प्रशासन कार्यालय तुलसीपुरका यादव भुसाल, तुलसीपुर उपमहानगरपालिकाका सुचना अधिकारी झरेन्द्र खरेल लगाएतका रहनु भएको छ।

सो अवसरमा बोल्दै कार्यालय प्रमुख केसीले निर्माण गरिन लागेको संरचनालाई तोकिएको समय भित्र गुणस्तरीय तरीकाले सम्पन्न गर्नको लागि मुल्याङ्न ,रेख देख एवम निगरानी समिति गठन गरिएको बताउनु भयो। उहाँले सो कार्यालय आम नागरिकको सम्पति रहेको र यस निर्माण कार्यमा सक्रिय भएर रेखगर्नु सबैको दायित्व भएको समेत बताउनु भयो।

कार्यालयले हाल निर्माण गर्न थालिएको भवन मा २० कोठा र साढे दुई तल्लाको रहने छ भने लागत मुल्य भ्याट बाहेक २करोड ४९ लाख ११ हजार रहेको छ भने सो भवन निर्माणको जिम्मेवारी जुद्द एण्ड पुर्ण निर्माण सेवा प्रालि तुलसीपुर दाङले पाएको छ। निर्माण अवधी भने २ वर्ष तोकिएको छ । प्राविधीक को जिम्मेवारी भवन डिभिजन कार्यालय दाङले पाएको छ।