नेपालमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय ३ पुग्यो

काठमाडौं,जेठ,११-नेपालमा संक्रमितको संख्या ६०३ पुगेको छ ।  काठमाडौंमा एक जनासहित थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ६०३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आइतबार १९ जना संक्रमित थपिएका हुन् । आइतबार थपिएकामा काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन् ।

यीमध्ये नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो । योसँगै देशका ७७ मध्ये ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।संक्रमित मध्ये ८७ जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ ।