एनआरएनए क्युस्युद्वारा आयोजित जापानिज भाषा वक्तृत्व कलामा कृष्ण पौडेल प्रथम

फाईल तस्विर !!

फुकुओका जापान चैत्र,१६-जापानिज भाषा वक्तृत्व कलामा मियाजाकी केनबाट सहभागी कृष्ण पौडेल प्रथम भएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए जापान) क्युस्यु क्षेत्रीय कार्यसमितिको आयोजनामा जापानको क्युस्यु क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको जापानिज भाषालाई प्रोत्साहन दिनको लागि आयोजित प्रतियोगिताको शनिबार भएको अन्तिम प्रतिस्पर्धामा पौडेलले प्रथम स्थान हासिल गरेका हुन् । त्यस्तै किताक्युस्युबाट सहभागी शंकल्प घलान द्वितीय र फुकुओकाबाट प्रतिमा दाहाल तृतीय भइन् ।

प्रथम पौडेलले २ लाख जापानीज येन र प्रमाणपत्र पुरस्कार पाए । त्यस्तै दोस्रो भएकी घलान र तेस्रो भएका दाहालले क्रमश: १ लाख र ५० हजार जापानीज येन र प्रमाण पत्र पुरस्कार हात पारे ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली वाणिज्य दूतावास फुकुओका बाणिज्य दूत किमोतो युइचिरो, हाम्रो नेपाल हामी नेपाली अभियानका प्रमुख संयोजक धर्मराज अधिकारी, एनआरएनए जापानका उपाध्यक्ष लक्ष्मण बानियाँ, एनआनएनए जापानका सल्लाहकार छत्र दाहाल, एनआरएनए जापानका सल्लाहकार किरण बर्मा, एनआरएनए जापानका सदस्य रामकृष्ण श्रेष्ठ, फुकुओका जापानिज भाषा स्कुलका प्रिन्सिपल नकादा हिरोकी, एनआरएनए क्युस्यु पूर्वसंयोजक कृष्ण खरेल, एनआरएनए जापानका मनार्थ सदस्य दीपक देबकोटा, एनआरएनए जापानका मानार्थ सदस्य पुरुषोत्तम सिग्देल, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबका अध्यक्ष सन्तोष थापा, फुकुओका नेपाल सोसाइटीका वरिष्ठ उपाध्यक्ष माधव सिग्देल, आदिवासी जनजाति महासंघ क्युस्युका अध्यक्ष भिम गुरुङ, मसला TV मिडिया लगायतको सहभागिता थियो ।

प्रतियोगितामा आवेदन दिने २६ जना प्रतिस्पर्धीहरुलाई र कार्यक्रम भव्य रुपमा सम्पन्न बनाउन स्पोन्सर गर्ने सम्पूर्ण महानुभावहरुलाई एनआरएनए जापान क्युस्युले विशेष धन्यवाद ज्ञापन गरेको छ । र, विजेतालाई हार्दिक बधाई ज्ञापन गरिएको छ ।

कार्यक्रमको निर्णायक मण्डलमा KOICHI SAKAGUCHI(Professor Emeritus, Kyushu University & Director of Kyushu Nepal Friendship Association),SHOKO NISHIJIMA(Human Resource Development & Hospitality Manner Instructor),SHIGERU SAKAGUCHI (Fukuoka City, Minami Ward General Affairs Department Planning Manager) थिए । त्यस्तै टाइम हेर्नेमा प्रदीप श्रेष्ठ र विनोद सुनार थिए ।

फुकुओका सिटी अफिस, Fukuoka City International Foundation, Kyushu Nepal Friendship assocuation ले कार्यक्रमलाई सफल बनाउन सहयोग गरेका थिए ।