कक्षा ११ को नजिता सार्वजनिक ५१.७१ प्रतिशत उत्तीर्ण

काठमाडौँ, मंसिर ३० – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बिहीबार साँझ सार्वजनिक गरेको नतिजा अनुसार १ लाख ३७ हजार ६ सय ५ अर्थात ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । वैशाखामा भएको परीक्षामा २ लाख ६६ हजार १०३ परीक्षार्थी सहभागी भएका थिए ।

सार्वजनिक नतिजा गत वर्षकोभन्दा २ दशमलव ५१ प्रतिशत बढी हो । गत वर्ष २ लाख ४३ हजार ७ सय ३१ परीक्षार्थी भएका भएकोमा १ लाख १९ हजार ९ सय १६ जना उत्तीर्ण भएका थिए । आंशिकतर्फको नतिजा अघिल्लो मंगलबार सार्वजनिक भएको थियो