एमालेको पार्टी कार्यालयमा कार्यकर्तामाथि नै हातपातको प्रयास, साँसद उत्रिए भिडन्तमा

काठमाडौँ, मंसिर ३०- एमाले साँसदले राजधानीको धुम्बाराहीस्थित पार्टी कार्यालयमा आफ्नै कार्यकर्तामाथि हातपात प्रयास गरेका छन् । बझाङको काँडा गाविसबाट ज्ञापनपत्र बुझाउन पार्टी कार्यालय पुगेका एमाले कार्यकर्ता र समर्थकमाथि एमालेकै साँसद लालबहादुर रावलले हातपात प्रयास गर्नु भएको हो ।

रावल बझाङ–२ बाट निर्वाचित साँसद हुनुहुन्छ ।गाउँलेहरु काँडा गाविसलाई नगरपालिका बनाउन माग गर्दै ज्ञापनपत्र बुझाउन राजधानी गएका थिए ।रावलले आफ्नै कार्यकर्तामाथि हातपात प्रयास गरेपछि पार्टी कार्यालय परिसर केहीबेर तनावग्रस्त बनेको थियो ।कार्यकर्ताले ज्ञापनपत्रमा हस्ताक्षर गर्न आग्रह गरेकोमा त्यसलाई अस्वीकार गर्दै रावल उल्टै हातपात गर्न तम्सिएको प्रतिनिधि मण्डलका एक सदस्यले जानकारी दिनुभएको छ ।