अखिल क्रान्तिकारीमा विद्यार्थी प्रवेशको लहर

जंग रेउले
घोराही,माघ  ६-  विप्लव नेतृत्व नेकपा  माओवादी) को विद्यार्थी संगठनमा विद्यार्थी प्रवेशको लहर देशव्यापी रुपमा चलेको छ । क्रान्तिकारी संगठनले राम्रो कार्य गर्दै आएको भन्दै तुल्सीरमा तेज पोख्रेलको नेतृत्वमा ३५ जना विद्यार्थीले प्रवेश गरेका हुन ।

कार्यक्रममा तेज पोख्रेलले आफू हिजो सम्म राप्ती बबई क्याम्पसमा अनेरास्ववियु को सह–सचिवको रुपमा काम गर्दै आएको र आज देखि क्रान्तिकारी संगठन भएको बताएका थिए ।संगठनले तुल्सीपुरमा एक कार्यक्रम गरी विद्यार्थीलाई प्रवेश गराएका हो ।कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सचिवालय सदस्य तथा राप्ती क्षेत्रिय समन्वय समितिको संयोजक नरेन्द्र वि.क.ले ३५ जना विद्यार्थीलाई अविर लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि पार्टीका जिल्ला सदस्य रुद्र वली एवं विद्यार्थीको केन्द्रिय सदस्य हरिस भट्ट, केन्द्रिय सदस्य नरेन्द्र विश्वकमा, दाङ जिल्ला पूर्व अध्यक्ष , केन्द्रिय सदस्य तथा राप्ती क्षेत्रिय समन्वय समिति सचिव हेमन्त जिसी, पुर्व उपाध्यक्ष तथा राप्ती क्षेत्रिय समन्वय समिति छात्रा विभाग प्रमुख प्रितिमा चौधरी लगाएको उपस्थिति रहेको थियो भने केन्द्रिय सदस्य तथा राप्ती क्षेत्रिय समन्वय समिति सदस्य गणेशमान सिंहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण युवराज वलीले गरेको हन ।