नेपालगंजमा सुम्नीमा हर्बलद्धारा उत्पादन गरिएका समानहरुको प्रर्दशन

बाँके,माघ ६-ऊँ कस्मेटिक एण्ड फिटनेश टे«ड सेन्टरद्धारा सञ्चालीत स्वास्थ्य सरोकार केन्द्रले आज नेपालगंजमा सुम्नीमा हर्बलद्धारा उत्पादन गरिएका समानहरुको प्रर्दशन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सुम्नीमा हर्बलका उत्पादनहरुको बारेमा बाँके,बर्दियाका ब्यूटिसियनलाई जानकारी दिएको हो ।

कार्यक्रममा सुम्नीमा हर्बलद्धारा उत्पादन गरिएका फेशियल मिल्कहरुमध्ये ,गोल्ड क्लिजीङ मिल्क, लेमन क्लिजीङ मिल्क, एलोभेरा क्लिजीङ मिल्क यस्तै फेश प्याक,निम प्याक केशर चन्दन फेश प्याक,निम फेश प्याक, कसरी प्रयोग गर्ने र यसबाट हुने फाईदाहरुको बारेमा सिकाईएको स्वास्थ्य सरोकार केन्द्र का प्रो प्राईटर लालकेश जैशीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो हामीले आज भएको कार्यक्रममा उपस्थित ब्यूटिसियनहरुलाई फेशियल स्क्रब,अप्परिकोट स्क्रब,यस्तै फेशियल किट मध्य गोल्ड फेशियल किट स्क्रिन ह्वाईटिङ फेशियल किट बारेमा जानकारी दिएको बताउनुभयो ।

त्यसैगरि कार्यक्रममा सहभागी ब्यूटिसियनहरुले पनि अन्य कम्पनीहरुले उत्पादन गरेका सामान भन्दा यो हर्बलको सामान प्रयोग गर्न धेरै सजिलो भएको र आफूहरुको ब्यूटिपालरमा आउने ग्राहकले पनि अत्याधीक मन पराउने गरेको बताएका छन् ।

आज भएको उक्त कार्यक्रममा नेपालगंज,कोहलपुर,बाँसगढी, गुलरियाका ५० जना जती ब्यूटिसियनहरुको उपस्थिती रहेको प्रो प्राईटर जैशीले बताउनुभयो ।