ओखलढुंगामा शैक्षिक विकासका लागि सरोकारवाला बिच अन्तरक्रिया सम्पन्न

सिर्जना बर्देवा/
ओखलढुंगा,माघ,१९-
ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले फाल्गुण मसान्त भित्रै योजना सम्झौताको काम सक्ने भएको छ । नगरपालिकाले चालु आर्थिकवर्षको बजेटबाट सञ्चालन हुने विकासे आयोजनाको सम्झौता र पहिलो किस्ता निकासाको काम फाल्गुण मसान्त भित्रै सक्ने तयारी गरेको हो ।

अन्तिम समयमा योजना सम्झौता गर्दा अपेक्षीत काम नहुने भएकाले फाल्गुण भित्रै सम्झौता सकेर समयमै आयोजना पुरा गराईने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले बताउनुभयो । उहाँले समयमै योजना सम्झौताका लागि अग्रसर हुन उपभोक्ता र सहजिकरणका लागि वडा अध्यक्षहरुलाई आग्रह गर्नुभयो ।

विकास निर्माणको गतिलाई तिव्र रुपमा अघि बढाएर समृद्ध नगर निर्माणको अभियानमा जुट्न नगरपालिकाले सबै नगरबासीलाई आग्रह गरेको छ । जिल्लामा असार मसान्तमा मात्रै योजना सम्झौता गर्ने र सम्झौता सँगै फरफारक गर्न हतार हुनेहुँदा विकासे बजेट दुरुपयोग हुनेगरेको आवाज उठ्ने गरेको छ ।