उद्दमतर्फ आकार्षित गराउन नेपालगञ्जमा चार दिने तालिम शुरु

नेपालगञ्ज,बैशाख,१२-
बेरोजगार युवाहरुलाई उद्दमतर्फ आकार्षित गराउन नेपालगञ्जमा चार दिने तालिम संचालन गरिएको छ । रोजगार नपाएर बसेका तथा कामको खोजीमा रहेका युवालाई उद्दमतर्फ आकार्षित गराउन बुधबारदेखि नेपालगञ्जमा चार दिने जीवन उपयोगी सीप बिकास तालिम शुरु गरिएको हो ।

युवाहरुमा निर्णय क्षमताको बिकास, जीवनमा आइपर्ने समस्या पहिचान र त्यसको समाधान गर्ने क्षमता र जीविकोपार्जनका बाटोहरु पहिल्याउन प्रेरित गर्ने उद्देश्यले सेफ द चिल्ड्रेनको सहयोगमा सामाजिक बिकास मंचले तालिम संचालन गरेको छ । तालिमले युवाहरुलाई त्यत्तिकै बस्न नभइ केही काम (उद्दम) गर्नुपर्ने प्रेरणा प्रदान भइरहने आयोजकको भनाई छ ।

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्रका अल्पसंख्याक, जनजाति तथा पछाडि परेका समुदायका २८ जना युवायुवती सहभगि तालिम सेफ द चिल्ड्रेनका कार्यक्रम व्यवस्थापक रत्नराज ओझा तथा प्रशिक्षक पुजा श्रेष्ठको मन्तब्यबाट शुरु गरिएको थियो ।

जीवनलाई सकारात्मक सोंचबाट अगाडी बढाउनका लागि खेल, छलफल र समूहगत प्रयोगात्मक अभ्यासका माध्यमबाट युवाहरुलाई उत्प्रेरित गरिने युवा शसक्तिकरण बुलगारी परियोजनाका कार्यक्रम संयोजक कृष्ण प्रसाद थारुले बताउनुभयो ।

संस्थाले बेरोजगार युवालाई रोजगार गर्न, उद्दम गर्नका लागि अनुदानमा ऋण सहयोग गर्ने आगामी योजना समेत रहेको कार्यक्रम संयोजक थारुले जानकारी दिनुभयो ।