
बारा,भदौ,२८-बारा जिल्लाको निजगढ नगरपालिकामा निजगढ काठमाडौं सम्पर्क समितीको नेत्रीतोमा डोल्पो टिल्कु चरिटेबल फाउन्डेसनको साहयोगमा निजगढ नगरपालिकामा अती बिपन्न परिवारको ४५ घरको छानो हाल्ने काम तिब्र रुपमा भैईररेको छ।
डोल्पो टिल्कु चरिटेबल फाउन्डेसनबाट आयको सहयोग तराइ भागमा बाडी पहिरोले भत्काएको र हावा हुरिले छानो उडायको लाई छानो दिने कुरा सोही नगरपालिकाका राम लामा र डोल्पो टिल्कु चरिटेबल फाउन्डेसन बिच कुरा भए पस्चात निजगढ काठमाडौं सम्पर्क समितीलाई प्रस्ताब् राख्नु भयको थियो।
निजगढ काठमाडौं सम्पर्क समितीले उप्त प्रस्ताबलाई स्विकारेका थिए। उक्त छानोको लागि पहिला जस्ता दिने निर्णय भए पनि सानो सानो घर भएका कारण जस्ताको ठाउॅंमा सिमेन्टीको टायल दिने निर्णय भएको हो। पहिला टायल झार्ने र पछी बाट छाउदै आएको छ।
असोज १५ गते सम्म सम्पन्न गर्ने उद्देश्यले काम तिव्र रुपमा भैईरहेको डोल्पो टिल्कु चरिटेबल फाउन्डेसनको प्रतिनिधि निजगढ काठमाडौं सम्पर्क समितीले जानाएको छ ।
निजगढ काठमाडौं सम्पर्क समितीका प्रतिनीधी,निजगढ नगरपालिकाका प्रतिनिधी, र टायल पाउने व्यक्ती राम लामा र सोहि नगरपालीकाका भद्र भलाद्मी जम्मा भैई औपचारिक कार्यक्रमका बिच सहयोग गर्ने र फाउन्डेसनलाई प्रमाण पत्र बितरण गरी सम्पन्न गर्ने निजगढ काठमाडौं सम्पर्क समितीको सह संयोजक बिजय लामाले बताउनुभयो।
