भारतीय सेना मारिएपछि चीनले भन्योः चीनतर्फ आएका कारण झडप

काठमाडौं,असार,२-चीनले भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पार गरेर चीनतर्फ आएका कारण झडप भएको जनाएको छ।गएराति भएको घटनामा प्रतिक्रिया व्यक्त गर्दै चिनियाँ विदेश मन्त्रालयले भनेको छ।

‘चिनियाँ सैनिकहरुमाथि आक्रमण तथा उत्तेजना गर्ने काम भएपछि भारत र चीनका फौजबीच सीमा क्षेत्रमा भौतिक आक्रमणमा उत्रिएको हो।’भारत र चीनका सेनाबीच लद्दाखमा झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको हो।

मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको भारतीय सेनाले जानकारी दिएको छ।पूर्वी लद्दाखको गलवान क्षेत्रमा गएराति दुवै पक्षका सैनिकबीच झडप भएको भारतीय सेनाको भनाइ छ।सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा भारतीय सेनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

भारतीय सेनाले एक विज्ञप्तिमा भनेको छ कि परिस्थिति सुधार्नका लागि दुबै पक्षका वरिष्ठ सैन्य अधिकारीहरु अहिले बैठक गरिरहेका छन् तर उनीहरुले अरु विस्तृत विवरण भने दिएका छैनन् ।

मे देखि चीन र भारत दुई देशको सीमापारको पश्चिमी खण्डमा वास्तविक नियन्त्रण रेखाको नजिक तनावग्रस्त रहेको छ।विशेष स्थानहरुमा गाल्वान उपत्यकालाई बायलन्गयलन्ग सम्म समावेश गरिएको छ । दुबै देशका हजारौं सैनिकहरू युद्धको ठाउँमा भेला भएका थिए।

मंगलबार विदेश मन्त्रालयको प्रेस सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले यसको जवाफमा भारतलाई घटनालाई उक्साउन एकपक्षीय कार्य नगर्न आग्रह गर्नु भएको थियो ।