सुदुरपश्चिम सेवा समाज मलेसियाद्वारा मृतक बोहराका परिवारलाई आर्थिक सहयोग

दिनेश खड्का/

मलेसिया,भदौ ४-

केहि बर्ष अगाडी अन्यौ सपनाहरु बोकेर मलेसिया पुग्नु भएका महेन्द्रनगर निवासी डबल बहादुर बोहोराका परिवारलाई सुदुरपश्चिम सेवा समाज मलेसियाले आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।

डबल बोहरा

सुदुरपश्चिम सेवा समाज मलेसियाका अध्यक्ष देब पाण्डेको अध्यक्षतामा आईतबार बसेको पुर्ण बैठकले सहयोग सँकलन रकम स्वग बोहाराका परिवारलाई (आ एम ई) मार्फत आईतबार हस्तान्तरण गरेको छ ।

उक्त अभियानमा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा मृतक डबल बोहोराको लागि सहयोग गर्नु भएका सम्पुर्ण मलेसिया बासि सँघ-सँस्था तथा प्रत्रकार लगायत सबैलाई बैठकले धन्यवाद समेत दिएको बताएको छ ।

मलेसियाको राजधानी कोलालम्पुरको एक कम्पनीमा कार्यरत रहेका बोहोरा असार ४ गते साझ खाना खाएर सुतेन गएका बोहोरा सदाका लागि सुत्नु थिए ।

घरको आर्थिक स्थिति कमजोर रहेका बोहोराको मिति २०७४ असार ७ गते एउटा बन्द बाकसमा लास वनेर नेपाल त पुगे तर आर्थिक स्थिति कमजोर रहेको डबलका घरपरिवारको सपना वालुवा पानि खन्याए झै छ ।

लाखौं सपना वोकेका साउदका परिवारलाई केहि राहत पुगोस् भन्दै सुदुर पश्चिम सेवा समाज मलेसियाका तत्कालीन बिजय निर्वाचित अध्यक्ष देब पाण्डेको संयोजकत्वमा आर्थिक रकम सहयोग संकलन अभियान सन्चालन गर्ने निर्णय गरेको थियो ।

उक्त अभियानबाट मलेसियान रिंगेट ३ हजार १ सय अर्थात बहत्तर हजार नौ सय सर्ठि नेपाली रुपैया आइतबार मृतकका परिवारको नाममा रकम हस्तान्तरण गरिएको समाजका संरक्षक तथा पुर्व अध्यक्ष समेत रहेका प्रकाश देब भट्टले बिहानी अनलाईनलाई लाई जानकारी दिएका छन।

मृतक डबल बोहोरा सुदुरपश्चिम सेवा समाज मलेसियाका केन्द्रीय सदस्य समेत रहेका थिए। अध्यक्ष पाण्डेले बैठकलाई समापन गर्दै आगामी दिनहरुमा पनि समाजले यस्ता खालका सामाजिक कार्यमा अग्रसर भएर लाग्न आग्रह गर्दै आफु सदैव रहेको जानकारी दिएका छन् ।