खजुरा महोत्सव सफल पार्न प्रदेशका जिल्लालाई आह्वान

नेपालगन्ज,माघ,१८-

घरेलु तथा साना उद्योग महासंघको प्रदेशस्तरीय बैठक सम्पन्न भएको छ । प्रदेश अध्यक्ष नेत्र पाटलको अध्यक्षतामा बसेको बैठकले खजुरामा हुन लागेको ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ मेलाका बारेमा छलफल भएको हो ।

उक्त बैठकले प्रदेशका सबै जिल्लालाई स्टलका लागि आह्वान गरेको महोत्सव मूल आयोजक समितिका संयोजक समरबहादुर खत्रीले बताए । उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको पनि उक्त मेलामा सहयोग रहने उनको भनाइ छ ।

नेपालगन्ज बाट बैठकका लागी गएको आयोजक महोत्सव सन्चालन समितिले प्रदेशका १२ वटै जिल्लाबाट स्टल आउने आश्वासन मिलेको घरेलु तथा साना उद्योग महासंघ बाँके साखाका सचिव मधु खड्काले जनाइन । प्रदेश अध्यक्ष पाटल र महिला समितीका शान्ति शर्माले महोत्सवलाई सफल बनाउन कुनैपनि कसुर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।

घरेलु तथा साना उद्योग महासंघका केन्दिय उपाध्यक्ष पुर्ण बहादुर भण्डारीको प्रमुख आतित्यमा बसेको बैठकमा केन्द्रिय सदस्य कुवेर रिजाल, प्रदेश मातहत जिल्लाका पदाधिकारी लगाएतको उपस्थिती रहेको थियो । उक्त महोत्सव माघ २४ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजना र आधुनिक युवा सञ्जाल वन वे फिल्मस् प्रालिको सहकार्यमा उक्त महोत्सव हुन लागेको छ ।