पोखरा महानगरमा एमाले विजयी

नेकपा एमालेले बहुमत वडासहित पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख र उप प्रमुख विजयी भएका छन्। शुक्रबार सम्पन्न मतपरिणाम अनुसार पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख र उप प्रमुखमा एमाले उम्मेदवार विजयी भए।  

महानगरको मेयरमा मान बहादुर जिसी र उप मेयरमा मञ्जुदेवी गुरुङ निर्वाचित भए। जिसी र गुरूङले प्रतिस्पर्धी कांग्रेस उम्मेद्वारलाई रामजी कुँवरलाई झण्डै करिब १४ हजार अन्तरले मतले पराजित गरे। जिसीले कुल ६० हजार १ सय १८ मत प्राप्त गर्दा कुँवरले ४६ हजार ४ सय १६ मत प्राप्त गरे। जिसीले कुँवरले भन्दा १३ हजार ७ सय २ मत बढी प्राप्त गरी प्रमुखमा विजयी भएका हुन्।

त्यस्तै उपमेयरमा पनि मञ्जुदेवी गुरुङले कांग्रेस उम्मेदवार सरस्वती गुरुङलाई हराइन्। एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेस उम्मेदवार सरस्वती गुरुङलाई ११ हजार २ सय २५ मत अन्तरले पराजित गरेकी हुन्। विजयी मञ्जुदेवी गुरुङले कुल ५६ हजार ४ सय ४८ मत प्राप्त गर्दा पराजित सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत प्राप्त गरिन्।

प्रमुखमा निर्वाचित भएपछि जिसीले सेतोपाटीसँग कुरा गर्दै पदभार ग्रहण गर्दैका दिनदेखि जनताले अनुभव गर्ने गरि काम गर्ने बताए।

प्रमुख र उप प्रमुखमा निर्वाचित जिसी र गुरुङले पोखरा लेखनाथ महानगरको वृहत्तर विकास र यँहाका नागरिकको हितका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्। आफूहरू एमाले उम्मेद्वारको रूपमा निर्वाचित भएपनि सबै राजनीतिक दल र महानगरवासीको साझा प्रमुख र उपप्रमुखका रुपमा स्थापित हुने उनीहरुले बताए।  देशकै ठूलो महानगर पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखका लागि १६ जना चुनावी मैदानमा थिए भने उपप्रमुखमा ११ जना दिए।

साभार : setopati.com  बाट